Premier Cables
Premier Steel

विराटनगर

जेनजी प्रदर्शनः विराटनगरका सरकारी अड्डा वरिपरि सुरक्षा तैनाथी बढाइयो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा जिल्ला प्रशासनसहित अन्य सरकारी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजीले आज विराटनगरमा विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यही प्रदर्शनलाई मध्यनजर गरी विराटनगरमा अवस्थित सरकारी कार्यालय क्षेत्र आसपास सुरक्षा तैनाथी बढाइएको छ ।

सुरक्षाकर्मीले प्रदेश सभा सचिवालय,मुख्यमन्त्री कार्यलय र प्रदेश सरकारका मन्त्रालय आसपास सुरक्षा बन्दोबस्ती बढाएको छ । जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र प्रदेश सभा सचिवालय आसपासको क्षेत्र निषेधित क्षेत्र भएकोले ती स्थानमा प्रदर्शन गर्न रोक लगाइएको हो ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यलय आगाडी सुरक्षा ब्यावस्था कडा बनाएको छ । जिल्ला प्रशासन परिसर छिर्ने बाटोदेखि नै प्रहरीले बिहानैदेखि ब्यारिकेट खडा गरेका छन् । अन्यत्र पनि सोही किसिमको तयारी गरिएको जनाइएको छ ।
सामाजिक सञ्जाल बन्दको विरोधमा जेनरेशन जेड (जेनजी) सम्बद्ध युवाहरूले विराटनगरमा पनि शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन्।

उनीहरूले दिउँसो महेन्द्र चोकमा भेला भई सरकारको निर्णयविरुद्ध विरोध जनाउने तयारी गरेका हुन्। त्यसअघि संसारीमाइ स्थानमा भेला भएर शान्तिपूर्ण जुलुस प्रशासन कार्यालयतिर अघि बढ्ने पूर्वनिर्धारित कार्यक्रम छ ।

प्रदर्शनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गरिएका छन्। किताब र आफूले तयार पारेको प्लेकार्ड बोकेर सहभागिता जनाउन अपिल गरिएको छ। विराटनगरमा एकदेखि दुई घण्टासम्म प्रदर्शन चल्ने बताइएको छ। यस्तै, बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय नजिकै पनि छुट्टै प्रदर्शनको तयारी गरिएको छ।

सामाजिक सञ्जाल बन्द र अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने सरकारी कदमविरुद्ध देशभर फैलिँदै गएको जेनजी आन्दोलन काठमाडौंमा पनि व्यापक रूपमा देखिन लागेको छ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने जेनजी आन्दोलनलाई राजनीतिक उद्देश्यले प्रेरित गरिएको भन्दै टिप्पणी गरेका छन्। जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka