Premier Cables
Premier Steel

राष्ट्रिय

प्रहरी घेरा तोडेर जेनजी संसद भवन छिरेपछि काठमाडौमा कर्फ्यु आदेश (सूचनासहित)

Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न १२:४५ बजे

काठमाडौं । काठमाडौं जिल्लामा सोमबार दिउँसो १२:३० बजेबाट राति १० बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ। कर्फ्यु आदेश काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी गरेका हुन्।

प्रहरी प्रशासनका अनुसार, हाल भइरहेका प्रदर्शनहरू उग्र बन्दै गएको, शान्ति सुरक्षामा समस्या उत्पन्न हुन सक्ने भन्दै उक्त निर्णय गरिएको हो।

बिज्ञापन

कर्फ्यु आदेशको क्षेत्र

कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाको बानेश्वर क्षेत्रभित्रको चार किल्ला भित्र लागू हुनेछ:

बानेश्वर चोकदेखि पश्चिम, एभरेष्ट होटल हुँदै विजुली बजार पुल सम्म

बानेश्वर चोकदेखि पूर्व, मिनभवन शान्तिनगर हुँदै तीनकुने चोक सम्म

बानेश्वर चोकदेखि उत्तर, हाइटेक्स सँग हुँदै रत्नराज्य मावि सम्म

बानेश्वर चोकदेखि दक्षिण, शंखमुल ओरालो हुँदै शंखमुल पुल सम्म

उक्त क्षेत्रभित्र सर्वसाधारणलाई आवाजाही, सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रिजालले हस्ताक्षर गरेका उक्त आदेशमा भनिएको छ कि आदेशको उल्लङ्घन गर्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka