Premier Cables

विराटनगर

विराटनगरमा जेनजी प्रदर्शनकारीद्वारा महानगर कार्यालयमा ढुंगामुढा (भिडियो)

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न १:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सामाजिक सञ्जाल बन्दको विरोधमा आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीहरूले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडिको ब्यारिकेट तोडेपछि महानगर कार्यालयमा ढुंगामुढा गरेका छन्।

यसअघि प्रदर्शनकारीहरूले भूमि सुधार तथा मालपोत कार्यालय परिसरमा प्रवेश गरी नाराबाजी गरेका थिए। त्यसपछि सुरक्षाकर्मीको निगरानी छल्दै उनीहरू प्रदेशसभा क्षेत्र हुँदै प्रशासन कार्यालयतर्फ अघि बढेका थिए।

विज्ञापन

प्रदर्शनकारी मालपोत कार्यालय परिसरभित्र प्रवेश गरेका थिए । घटनामा हालसम्म क्षतिको विवरण खुलेको छैन, तर स्थिति तनावपूर्ण बन्दै गएको छ।

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गरिएपछि आक्रोशित युवाहरू विराटनगरका विभिन्न क्षेत्रबाट सडकमा ओर्लिएका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka