Premier Cables
Premier Steel

समाचार

दमकमा जेनजी आन्दोलन उग्र, हवाई फायर र ढुंगामुढामा केही घाइते

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न १:५५ बजे
Hamro Biratnagar Headlines

दमक । सामाजिक सञ्जाल बन्दको विरोधमा झापाको दमकमा जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको छ।

दमक नगरपालिकाको कार्यालय अगाडि युवाहरूले आगजनी प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। झापा प्रहरीले जनाएको अनुसार, प्रदर्शनकारीले ढुंगामुढा पनि गरेका थिए।

झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार, प्रदर्शन बेकाबु बनेपछि हवाई फायर गर्नुपरेको हो। ढुंगामुढाको क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्। घाइतेमध्ये कमल गाउँपालिका–५ का कमल भट्टराईको नाम पुष्टि गरिएको छ।

उपरीक्षक लिम्बूले दमकको अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिएका छन्। हाल प्रहरीले क्षेत्रको सुरक्षा थप कडा बनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka