Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा जेनजीको प्रदर्शन रोक्न प्रशासन अगाडि ‘ब्यारिकेट’

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान १०:२५ बजे
Hamro Biratnagar Headlines

विराटनगर। सामाजिक सञ्जाल बन्दको विरोधमा जेनरेशन जेड (जेनजी) सम्बद्ध युवाहरूले आज विराटनगरमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गर्दै गर्दा प्रशासनले प्रदर्शन रोक्न कडा सुरक्षा बन्दोबस्त मिलाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको परिसरमा प्रवेश गर्ने मुख्य मार्गमै बिहानैदेखि फलामे तारजालीसहितको ब्यारिकेट राखिएको छ। निरन्तर वर्षा भइरहे पनि सुरक्षाकर्मीहरू खटिएर प्रदर्शन रोक्न तयारी अवस्थामा छन्।

बिज्ञापन

जेनजी समूहले दिउँसो महेन्द्र चोकमा भेला भई विरोध प्रदर्शन गर्ने योजना बनाएका छन्। त्यसअघि उनीहरू संसारीमाइ स्थानमा भेला भएर जुलुसका साथ जिल्ला प्रशासन कार्यालयतर्फ अघि बढ्ने कार्यक्रम रहेको छ।

प्रदर्शनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गरिएको छ। सहभागीहरूलाई एक हातमा पुस्तक र अर्को हातमा प्लेकार्ड लिएर आउन आग्रह गरिएको छ।

जेनजीको यो आन्दोलन सामाजिक सञ्जाल बन्द, अभिव्यक्ति स्वतन्त्रता हनन र भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको छ। जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरिएको छ ।


*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka