Premier Cables
Premier Steel

अर्थ विराटनगर

तीन युवा विराटनगरमै पढे, अनि खोले रेस्टुरेन्ट ‘द स्क्वायर’

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २१, २०८२  | साँझ ६:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–७ धाडेवा गल्लीमा नयाँ रेस्टुरेन्ट ‘द स्कुवायर’ शनिबारदेखि सञ्चालनमा आएको छ। सञ्चालक परिवारले रिबन काटेर रेस्टुरेन्टको उद्घाटन गरेका हुन्।

देशमै केही नयाँ र फरक काम गर्ने उद्देश्यले विराटनगरका अमुल श्रेष्ठ, मिथलेश मण्डल र ओमनिशा राईको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। सञ्चालक अमुल श्रेष्ठका अनुसार रेस्टुरेन्ट सञ्चालनका लागि २५ लाख रुपैयाँ लगानी गरिएको छ र यसले हाल १० जनालाई रोजगारी प्रदान गरेको छ।

बिज्ञापन

रेस्टुरेन्टमा नेपाली परिकारसँगै इन्डियन, थाइ, चाइनिज, जापानिज, कोरियन लगायतका विविध परिकार उपलब्ध हुने जनाइएको छ। विशेषगरी सी–फुड्स, सिराचा चिल्ली प्राउन, कलामारी रिङ्सजस्ता परिकार रेस्टुरेन्टको आकर्षण हुने सञ्चालकहरूले बताएका छन्।

रेस्टुरेन्टलाई खुला र आकर्षक बनाउन विशेष ध्यान दिइएको छ। एकपटकमा करिब ७० जनाले बस्न सक्ने क्षमता भएको रेस्टुरेन्टमा ग्राहकले अर्डरअनुसारको खानेकुरा पाउने व्यवस्था गरिएको सञ्चालक ओमनिशा राईले जानकारी दिइन्।

अर्का सञ्चालक मिथलेश मण्डलका अनुसार विराटनगरमै यस्तो खुला स्पेस भएको रेस्टुरेन्ट पहिलोपटक आएको हो। घरको माथिल्लो तलामा सञ्चालन भएकाले खुला हावा र रमाइलो वातावरणमा स्वादिष्ट परिकारको मजा लिन सकिने उनीहरूको भनाइ छ।

सञ्चालकहरूले यो नयाँ प्रयासलाई सबैले मन पराउने विश्वास व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa