Premier Cables
Premier Steel

समाचार

कोशी प्रदेशभर जेनजी प्रदर्शन, विराटनगर रोडशेष चोक निषेधित क्षेत्र पुगे प्रदर्शनकारी (फोटो)

Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान ११:५८ बजे

विराटनगर । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले कोशी प्रदेशका मुख्य सहरमा प्रदर्शन गरेका छन् ।

विराटनगरमा निस्किएको विरोध जुलुस रोडशेष चौकको निषेधित क्षेत्रसम्म पुगेको छ । त्यहाँ सुरक्षाकर्मीले प्रदर्शनकारीलाई अघि बढ्न दिएको छैन । रोडशेष दक्षिण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको छ । यो निषेधित क्षेत्र हो ।

बिज्ञापन

विराटनगरको सन्सारी माईस्थान, महेन्द्र चोक लगायत ठाउँमा जम्मा भएका युवाहरु रोडशेष कार्यालयतर्फ अघि बढिरहेका छन् । जेनजीको प्रदर्शनलाई मध्यनजगर गरी विराटनगरका ठाउँ ठाउँमा सुरक्षा ब्यारिकेट राखिएको छ । प्रदर्शनमा सहभागी विभिन्न कलेजका विद्यार्थी तथा युवाहरुको उल्लेख्य सहभागिता रहेको छ ।

विराटनगरका सरकारी कार्यालयहरुमा भने सुरक्षा तैनाथी बढाइएको छ । झापाको दमक, बिर्तामोड, सुनसरीको इटहरी, धरान लागयत क्षेत्रमा पनि जेनजी पुस्ताका युवाले प्रदर्शन गरेका छन् । फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गराएपछि युवाहरु आन्दोलनमा उत्रिएका हुन ।




*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka