Premier Cables
Premier Steel

विराटनगर

जेनजी प्रदर्शनः विराटनगरमा यसरी लगाइँदै छ ब्यारिकेट (तस्बिरहरु)

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा जेनजीले प्रदर्शन गर्ने भएपछि सुरक्षाकर्मीले ठाउँ ठाउँमा ब्यारिकेट खडा गरिरहेका छन् ।

विराटनगरमा जिल्ला प्रशासनसहित अन्य सरकारी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको हो । सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजीले आज विराटनगरमा विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

बिज्ञापन


सुरक्षा व्यवस्था मजबुत बनाउन बिहानैदेखि प्रहरीले ब्यारिकेट खडा गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र प्रदेश सभा सचिवालय आसपासको क्षेत्र निषेधित क्षेत्र भएकोले ती स्थानमा प्रदर्शन गर्न रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यलय आगाडी सुरक्षा ब्यावस्था कडा बनाएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा जेनरेशन जेड (जेनजी) सम्बद्ध युवाहरूले विराटनगरमा पनि शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन्।

उनीहरूले दिउँसो महेन्द्र चोकमा भेला भई सरकारको निर्णयविरुद्ध विरोध जनाउने तयारी गरेका हुन्। त्यसअघि संसारीमाइ स्थानमा भेला भएर शान्तिपूर्ण जुलुस प्रशासन कार्यालयतिर अघि बढ्ने पूर्वनिर्धारित कार्यक्रम छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka