Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

पछि हटे हर्क साम्पाङ: धरानको बजेट सिलिङ घटाउने सहमति

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २१, २०८२  | अपराह्न १:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चालू आर्थिक वर्षको बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा बजेट निर्माणसँग सम्बन्धित विवाद अन्त्यतर्फ उन्मुख भएको छ।

हिजो बसेको नगर कार्यपालिकाको बैठकमा पुँजीगत खर्चमा १० प्रतिशत कटौती गर्ने सहमतिसँगै बजेट पास हुने मार्ग खुलेको हो।

बिज्ञापन

यसअघि मेयर हर्क साम्पाङले एमालेका बहुमत जनप्रतिनिधिहरूको बहिष्कारका बीच पनि बजेटको सिलिङ पारित भएको दाबी गरेका थिए। नेपाली कांग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधिहरूको समर्थन उनको पक्षमा थियो।

तर, बहुमतमा रहेको एमालेको असहमति कायमै रहेकाले बजेट पारित प्रक्रियामा अवरोध आएको थियो। हिजोको कार्यपालिका बैठकमा एमालेका संसदीय दलकी नेता सावित्रा परियारले पुँजीगत खर्चका शीर्षकमा १० प्रतिशत कटौती गर्ने प्रस्ताव राखेकी थिइन्, जुन सर्वसम्मतिले पारित भएको हो।

परियारका अनुसार अब संशोधित बजेट सिलिङ १ अर्ब ९८ करोडको हाराहारीमा रहनेछ। यसअघि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ प्रस्ताव गरेको थियो।

एमालेले घाटा बजेट नबनाउनुपर्ने अडान राख्दै कर वृद्धिको विषयमा पनि असहमति जनाएको थियो। कार्यपालिका बैठकले कर दरमा पुनरावलोकन गर्ने निर्णय गरेको छ।

बैठकमा मेयर र उपमेयर भिजन कार्यक्रमहरूको नाम परिवर्तन गरी ‘नगर भिजन’ राख्ने प्रस्ताव पनि पारित भएको छ। तर, उक्त प्रस्तावमा उपमेयर आइन्द्रबिक्रम बेघाले असहमति जनाउँदै एमालेका सदस्यहरूप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए।

विवादकै कारण धरानमा चालू आर्थिक वर्षको सुरुआतसँगै बजेट पारित हुन नसक्दा ‘बजेट होलिडे’ कायम रहँदै आएको थियो।

तर, कार्यपालिका बैठकबाट सहमति बनेपछि धरानको बजेट अब छिट्टै पारित हुने निश्चित भएको उपमेयर बेघाले बताए।

उनले भदौ २६ गतेका लागि नगरसभा बोलाइएको र त्यसैबाट बजेट पारित हुने विश्वास व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa