Premier Cables
Premier Steel

विराटनगर

विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर १०, २०८३  | राती ८:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। युवा नेतृत्व, व्यक्तित्व विकास र सामाजिक रूपान्तरणको अभियानमा सक्रिय विराटनगर जेसीजले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाएको छ। संस्थाको सचिवालयमा सम्पन्न निर्वाचनबाट रञ्जन कुमार शाही अध्यक्षमा निर्वाचित भएका छन्।

शाहीको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले संस्थालाई थप सक्रिय, एकताबद्ध र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

विज्ञापन

निर्वाचनबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रवेश दुलाल तथा कार्यकारिणी उपाध्यक्षमा सिर्जना थापा र गौरव कर्ण निर्वाचित भएका छन्। त्यस्तै तालिम निर्देशकमा सबिन अधिकारी चयन भएका छन्।

उपाध्यक्ष पदमा हेमन्त रजक, रोशनी प्रधान, पंकज मेहता र प्रविण दाहाल चयन भएका छन् भने जनसम्पर्क अधिकारीमा निर्मल सापकोटा निर्वाचित भएका छन्। निर्वाचन आयुक्त प्रीतेशराज दाहालले निर्वाचनको परिणाम सार्वजनिक गरेका हुन्।

नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नो नेतृत्व कुनै एक व्यक्ति वा समूहको नभई सम्पूर्ण सदस्यहरूको साझा नेतृत्व हुने बताएका छन्। सबै सदस्यको क्षमता, अनुभव र विचारलाई समेटेर संस्थाको गरिमा तथा प्रतिष्ठा अभिवृद्धि गर्ने उनको प्रतिबद्धता छ।

शाहीले युवा नेतृत्व विकास, प्रभावकारी तालिम, सामाजिक सेवा र संस्थागत सुदृढीकरणलाई आफ्नो कार्यकालका प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्।

सामूहिक नेतृत्व, सक्रिय सहभागिता र परिणाममुखी कार्यशैलीलाई आत्मसात् गर्दै अघि बढ्ने नयाँ नेतृत्वसामु संस्थाको विरासतलाई अझ उचाइमा पुर्‍याउने अवसर र चुनौती दुवै रहेको छ।

नयाँ कार्यसमितिको चयनसँगै विराटनगर जेसीजले आगामी कार्यकालमा युवा सशक्तीकरण, नेतृत्व क्षमता अभिवृद्धि र सामाजिक उत्तरदायित्वका क्षेत्रमा नयाँ उत्साहका साथ काम गर्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka