Premier Cables

विराटनगर

विराटनगर जेसीजद्वारा ‘सुरक्षित महिनावारी, सुरक्षित उनी’ कार्यक्रम सम्पन्न

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १७, २०८२  | राती ८:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । “मानवताको सेवा, जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विराटनगर जेसीजले ह्युम्यानिटी ‘सर्भिस विक २०२५ ‘ अन्तर्गत किशोरी लक्षित कार्यक्रम ‘सुरक्षित महिनावारी, सुरक्षित उनी’ मंगलबार सफलतापूर्वक सम्पन्न गरेको छ।

विराटनगर–१३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा किशोरीहरूलाई महिनावारी सम्बन्धी सरसफाइ, व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरू तथा स्यानिटरी प्याडको सही प्रयोगबारे जानकारी दिइयो।

विज्ञापन

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फुलकुमार लालवाणीले किशोरी अवस्थाबाटै महिनावारीप्रति सकारात्मक सोच र व्यवहार विकास गर्नु अत्यावश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरू देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममार्फत किशोरीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै सुरक्षित र स्वस्थ जीवनशैलीप्रति जागरूक बनाउने उद्देश्य राखिएको थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka