Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

 चीनलाई ट्रम्पको ४० प्रतिशतसम्म ट्यारिफ

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर १०, २०८३  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, जापान, भारत, युरोपेली युनियनसहित १४ प्रमुख व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने प्रस्ताव अघि सारेका छन्।

अमेरिकी मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले पराजय भोगे पनि ट्रम्पले संरक्षणवादी व्यापार नीतिलाई निरन्तरता दिएका हुन्। अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) कार्यालयले विदेशी मुलुकको अत्यधिक औद्योगिक उत्पादन क्षमता र अनुचित व्यापार अभ्यासलाई नियन्त्रण गर्ने भन्दै २० देखि ४० प्रतिशतसम्म ट्यारिफको प्रस्ताव सार्वजनिक गरेको हो।

प्रस्तावित शुल्क सम्बन्धित देशसँग भएका वा वार्ताका क्रममा रहेका व्यापार सम्झौताअनुसार फरक हुनेछ। व्यापार सम्झौता गरेका मुलुकले तुलनात्मक रूपमा कम शुल्क तिर्नुपर्नेछ भने सम्झौता हुन नसके बढी ट्यारिफको सामना गर्नुपर्नेछ।

विज्ञापन

यसअघि अमेरिकी सर्वोच्च अदालतले गत फेब्रुअरीमा राष्ट्रिय संकटकालीन कानुन प्रयोग गरेर ट्रम्पले विश्वभरका सामानमा लगाएका व्यापक ट्यारिफ खारेज गरिदिएको थियो। त्यसपछि ट्रम्प प्रशासनले सन् १९७४ को व्यापार ऐनको सेक्सन ३०१ प्रयोग गर्दै नयाँ शुल्क लगाउने प्रक्रिया अघि बढाएको हो। यो कानुनी व्यवस्थाले अनुचित व्यापार अभ्यासविरुद्ध कारबाही गर्न अमेरिकी प्रशासनलाई अधिकार दिन्छ।

यूएसटीआरले आठ महिनासम्म गरेको अनुसन्धानपछि नयाँ प्रस्ताव ल्याएको जनाएको छ। विदेशी सरकारले आफ्ना उद्योगलाई अनुदान दिने, श्रमिकको पारिश्रमिक दबाउने र अत्यधिक उत्पादन गरेर विश्व बजारमा सस्तो सामान पठाउने गरेको अमेरिकी आरोप छ।

चीनमाथि सबैभन्दा बढी शुल्कको प्रस्ताव

नयाँ प्रस्तावअनुसार चीनले अधिकतम २० प्रतिशतसम्म अतिरिक्त ट्यारिफको सामना गर्नुपर्नेछ। यो शुल्क ट्रम्पको पहिलो कार्यकालमा लगाइएको करिब २५ प्रतिशत ट्यारिफभन्दा अतिरिक्त हुनेछ।

अमेरिका र चीनबीच कायम व्यापार युद्धविराम आगामी जनवरी १० मा सकिँदैछ। उक्त सहमति कायम रहे चीनमाथि प्रस्तावित शुल्क २० प्रतिशतमा सीमित हुनेछ। तर सहमति भंग भए ट्यारिफ बढेर ४० प्रतिशतसम्म पुग्न सक्ने यूएसटीआरले जनाएको छ।

भियतनामसँग व्यापार सम्झौता भए २० प्रतिशत र सम्झौता हुन नसके ३५ प्रतिशत शुल्क प्रस्ताव गरिएको छ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले प्रस्तावित शुल्क अमेरिकी उत्पादन क्षेत्रको संरक्षणका लागि आवश्यक रहेको बताएका छन्। उनका अनुसार विदेशी मुलुकले सरकारी अनुदान र श्रम नीतिमार्फत आफ्नो उत्पादनलाई कृत्रिम रूपमा सस्तो बनाउँदा अमेरिकी उद्योग प्रभावित भएका छन्।

यद्यपि नयाँ शुल्क स्टिल, आल्मुनियम, सवारीसाधनलगायत वस्तुमा राष्ट्रिय सुरक्षाका आधारमा पहिल्यै लगाइएका क्षेत्रगत शुल्कमा थपिने छैन। श्रम शोषणसम्बन्धी कानुनको कार्यान्वयन कमजोर भएको भन्दै ६० देशमाथि लगाइएका पुराना शुल्कमा पनि नयाँ दर जोडिने छैन।

चिनियाँ दूतावासले भने आफ्नो देशमाथि लगाइएको अत्यधिक औद्योगिक उत्पादन क्षमताको आरोप अस्वीकार गरेको छ। दूतावासका प्रवक्ताले यस्तो आरोपलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने बताएका छन्। उनले अमेरिका र चीनबीच राष्ट्रपति ट्रम्प तथा सी जिनपिङबीच भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

भारतलाई १७ देखि २५ प्रतिशतसम्म शुल्कको प्रस्ताव

अमेरिकाले व्यापार सम्झौता गर्ने मुलुकलाई तुलनात्मक रूपमा कम ट्यारिफ प्रस्ताव गरेको छ।

कम्बोडिया, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र बंगलादेशबाट आयात हुने वस्तुमा अधिकतम १८ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ। जापान, दक्षिण कोरिया, ताइवान, युरोपेली युनियन र स्विट्जरल्यान्डका लागि विद्यमान अति अनुकूल राष्ट्र (मोस्ट फेभर्ड नेसन) शुल्कसहित १५ प्रतिशतको सीमा प्रस्ताव गरिएको छ।

भारतसँग भने अमेरिकाको व्यापार सम्झौता अझै टुंगिएको छैन। सम्झौता भए भारतले १७ प्रतिशत र वार्ता असफल भए २५ प्रतिशतसम्म ट्यारिफ तिर्नुपर्ने प्रस्ताव छ। सिंगापुरका लागि अधिकतम १० प्रतिशत शुल्क प्रस्ताव गरिएको छ।

अमेरिकी व्यापार प्रतिनिधि ग्रियरले प्रस्तावित शुल्क विगत एक वर्षमा विभिन्न मुलुकसँग भएका व्यापार सम्झौताअनुरूप रहेको बताएका छन्। मेक्सिको र नर्वेको व्यापारिक अभ्यासमाथि अनुसन्धान जारी रहेकाले उनीहरूलाई तत्कालको प्रस्तावमा समावेश गरिएको छैन।

ट्यारिफ घोषणापछि अमेरिकी सेयर बजार प्रभावित

ट्रम्पको नयाँ ट्यारिफ प्रस्ताव सार्वजनिक भएपछि अमेरिकी सेयर बजारमा पनि नकारात्मक प्रभाव परेको छ। बुधबार प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो।

प्रमुख अमेरिकी बजार सूचकांकहरू एक प्रतिशतभन्दा बढीले घटेर कारोबार सुरु भएका थिए भने प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डक कम्पोजिट तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको थियो।

विश्लेषकहरूका अनुसार कानुनी आधार परिवर्तन गरेर ट्यारिफ लागू गर्ने प्रयासले अमेरिकाको संरक्षणवादी व्यापार नीति तत्काल कमजोर नहुने संकेत गरेको छ।

यसअघि ट्रम्पका ट्यारिफ र त्यसले निम्त्याएको महँगी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको कमजोर प्रदर्शनको प्रमुख कारण बनेको विश्लेषण गरिएको थियो। रोयटर्स/इप्सोसको सर्वेक्षणमा ६२ प्रतिशत अमेरिकी नागरिकले ट्यारिफ हटाउने डेमोक्र्याटहरूको प्रयासलाई समर्थन गरेका थिए।

डेमोक्र्याट सिनेटर रोन वाइडेनले पनि नयाँ शुल्कले अमेरिकी उपभोक्तामाथि मूल्यवृद्धिको भार थप्ने भन्दै विरोध गरेका छन्। उनले ट्रम्पको व्यापार नीतिविरुद्ध उपलब्ध संवैधानिक उपाय प्रयोग गर्ने बताएका छन्।

तर चीनको अत्यधिक औद्योगिक उत्पादन क्षमता नियन्त्रण गर्ने विषयमा अमेरिकी संसद्का दुवै प्रमुख दलबीच साझा धारणा रहेकाले नयाँ ट्यारिफ हटाउन सहज नहुने विश्लेषकहरूको भनाइ छ। व्यापार सम्झौता भत्किने जोखिमका कारण पनि डेमोक्र्याटहरूलाई शुल्क हटाउने निर्णय चुनौतीपूर्ण हुन सक्ने देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

ढुंगा, गिट्टी र बालुवाको अधिकार संघमा सीमित नगर्न विज्ञहरूको सुझाव

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka