Premier Cables
Premier Steel

विराटनगर

मोरङ प्रहरी प्रमुखमा दिलीपकुमार गिरी, कवित कटवाल नक्साल सरुवा

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | बिहान १०:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा प्रहरी अधिकारी दिलीपकुमार गिरी आउने भएका छन्।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवाअनुसार गिरीलाई मोरङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो।

विज्ञापन

यसअघि साइबर ब्युरो अपराध अनुसन्धान शाखा, भोटाहिटी काठमाडौंमा कार्यरत गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको हो।

त्यस्तै, मोरङमा कार्यरत कवित कटवाललाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले विभिन्न प्रहरी अधिकारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा गिरीलाई मोरङ पठाएको हो। सरुवासम्बन्धी निर्णयसँगै मोरङ प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka