Premier Cables
Premier Steel

विराटनगर

विराटनगर जुनियर जेसीजमा पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न

Calendar आइतबार, माघ १८, २०८२  | बिहान १०:१९ बजे

विराटनगर । विराटनगर जुनियर जेसिजको निर्वाचन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । जेसीज भवन, विराटनगरमा शनिबार सम्पन्न निर्वाचनबाट संस्थाको नयाँ नेतृत्व चयन गरिएको हो ।

निर्वाचन परिणामअनुसार जुनियर जेसी ओम जोगी अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा जुनियर जेसी निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन भएका छन् । यस्तै, कार्यकारी उपाध्यक्षमा जुनियर जेसी सम्युक्ता कोइराला, आरोग्य कोइराला र आदित्य कोइराला निर्वाचित भएका छन् ।

बिज्ञापन

पब्लिक रिलेसन अफिसर पदको जिम्मेवारी जुनियर जेसी प्रतिज्ञा अधिकारीले पाएका छन् भने महासचिवमा जुनियर जेसी रक्षिता तिम्सिना र कोषाध्यक्षमा जुनियर जेसी श्रीजेश कट्टेल चयन भएका छन् ।

कानुनी सल्लाहकारमा जुनियर जेसी आरभी तिम्सिना तथा तालिम निर्देशकमा जुनियर जेसी मदन नेपाल निर्वाचित भएका छन् ।

यसै सन्दर्भमा माघ १७ गते पदस्थापना तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । समारोहका प्रमुख अतिथि विराटनगर जेसीजका अध्यक्ष २०२६ कविराज दाहाल तथा विशेष अतिथिका रूपमा संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ सहभागी थिए ।

कार्यक्रममा गणेश–जमुना पुरस्कार (वर्ष उत्कृष्ट पर्यवेक्षक) जुनियर जेसी याल्जिना थापालाई प्रदान गरिएको थियो । उत्कृष्ट बोर्ड सदस्यको उपाधि जुनियर जेसी ओम जोगीले प्राप्त गरे भने उत्कृष्ट कार्यक्रम संयोजकमा जुनियर जेसी रुकुल अमात्य चयन भए ।

वर्ष उत्कृष्ट सदस्यको उपाधि जुनियर जेसी निशान्त भट्टराई उपाध्यायले प्राप्त गरेका छन् भने २०२५ को उत्कृष्ट ककसका रूपमा जुनियर जेसी सुहानी श्रेष्ठ घोषित भइन् ।

समारोहमा विभिन्न जेसीज तथा जुनियर जेसिजका वर्तमान तथा पूर्व अध्यक्षहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमले संस्थागत नेतृत्व विकास, सक्रिय सहभागिता र युवा सशक्तीकरणमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka