Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०८, २०८३  | साँझ ५:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । औधोेगिक एक्स्पो वा व्यापार मेला आयोजना गर्नुलाई सामानको प्रदर्शनी, प्रचारप्रसार र सामानको खरिद बिक्रीलाई बुझने परम्परा छ । तर उद्योग संगठन मोरङले पुस पहिलो सातादेखि आयोजना गर्न लागेको नवौ सस्करणको विराट एक्स्पो २०२६ ले यही परम्परागत बुझाइलाई बदल्दै उद्योग, व्यापार, लगानी, प्रविधि, सीप र रोजगारीलाई एउटै प्लेटफर्ममा जोड्ने रणनीति तयार गरेको छ ।

पुस २ देखि ११ गते सम्म विराटनगरको डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने नवौँ संस्करणको विराट एक्स्पो यसपटक केवल उत्पादन बिक्री र प्रदर्शनमा सीमित हुनेछैन । संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार उद्यमीलाई लगानी र बजारसँग जोड्न तथा उद्योगलाई प्रविधि र नयाँ व्यावसायिक साझेदारसँग सम्पर्क स्थापित गराउन, विद्यार्थीलाई करियरको बाटो पहिल्याउन, युवालाई सीप र रोजगारीका अवसरसंग जोड्न एक्स्पोलाई साझा मञ्चका रूपमा विकास गर्ने प्रयत्न गरिएको छ ।

विज्ञापन

एक्स्पोको मूल थिम ‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ अर्थात् अवसरहरूको पारिस्थितिक प्रणाली राखेको छ । ‘कनेक्टिङ अपरच्युनिटिज, क्रिएटिङ इम्प्याक्ट’ मूल सन्देशसहित आयोजना हुन लागेको एक्स्पोले अर्थतन्त्रका विभिन्न क्षेत्रबीच सहकार्य र व्यावसायिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ ।

सामान्यतया व्यापार मेलामा उत्पादकले आफ्ना वस्तु प्रदर्शन गर्छन । उपभोक्ताले अवलोकन र खरिद गर्छन् । तर यसपटकको विराट एक्स्पोमा प्रदर्शनसँगै सिकाइ, करियर पहिचान, उद्यम विकास, लगानी, व्यवसाय विस्तार र नीतिगत संवादलाई पनि समेटिने राठीको भनाई छ । यसले उद्योगी, व्यवसायी र उपभोक्तालाई मात्र नभई विद्यार्थी, रोजगारी खोजिरहेका युवा, लगानीकर्ता र नयाँ उद्यम सुरु गर्न चाहनेलाई समेत लक्षित गर्ने उनको विश्वास छ ।

एक्स्पोको अवधारणा अनुसार यसलाई दसवटा अवसरका आयाममा विभाजन गरिएको छ । लर्न, वर्क, बिल्ड, ग्रो, एक्सपान्ड, कनेक्ट, इन्भेस्ट, इन्फ्लुएन्स, डिस्कभर र एक्सपेरियन्स नाम दिइएका यी आयामले शिक्षा र सीपदेखि रोजगारी, उद्यम स्थापना, व्यवसाय विस्तार, लगानी, बजार सम्पर्क र नयाँ प्रविधिको पहिचानसम्मका विषय समेटने संगठनका उपाध्यक्ष एवं एक्स्पोका संयोजक विपिन कावराको भनाई छ ।

यसको अर्थ एक्स्पोमा आउने विद्यार्थीले शैक्षिक तथा करियरसम्बन्धी जानकारी लिन सक्नेछन् भने रोजगारी खोजिरहेका युवाले सम्भावित रोजगारदाता र सीपमूलक संस्थासँग सम्पर्क गर्न सक्नेछन् । नयाँ व्यवसाय सुरु गर्न चाहनेले उद्यमशीलता सम्बन्धी जानकारी र सम्भावित लगानीकर्तासँग भेटघाटको अवसर पाउनेछन् । सञ्चालनमा रहेका उद्योग तथा व्यवसायले नयाँ प्रविधि, आपूर्तिकर्ता, ग्राहक र बजार खोज्न सक्ने अपेक्षा गरिएको संयोजक कावराको विश्वास छ ।

एक्स्पोमा उद्योग, व्यवसाय, कृषि, प्रविधि, स्टार्टअप, वित्तीय संस्था, शैक्षिक तथा तालिम प्रदायक संस्था र विभिन्न सेवामूलक क्षेत्रको सहभागिता रहनेछ । मुलुकका विभिन्न प्रदेशसँगै भारतलगायत अन्य देशका सम्भावित व्यावसायिक प्रतिनिधिलाई समेत सहभागी गराउने प्रयास भइरहेको कावराले जनाए ।

विराट एक्स्पोको अर्को महत्त्वपूर्ण पक्ष यसको क्षेत्रीय आर्थिक प्रभाव हो । विराटनगरमा आयोजना भए पनि यसलाई स्थानीय स्तरमा तथा सिंगो कोशी प्रदेशमा मात्र सीमित नराखी राष्ट्रियस्तरको व्यावसायिक मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष राठी छ । कोशी प्रदेशका १४ जिल्लाका स्थानीय उत्पादन, उद्यमी, उद्योगी र व्यावसायिक सम्भावनालाई प्राथमिकता दिँदै देशका अन्य प्रदेशका व्यवसायी र लगानीकर्तासँग जोड्ने प्रयास गरिएको संगठनका महानिर्देशक चुडामणि भट्टराईको भनाई छ ।

स्थानीय उत्पादनको बजार विस्तार, नयाँ लगानी आकर्षण, उद्यमशीलता विकास र व्यावसायिक सम्बन्ध विस्तारमार्फत प्रदेशको अर्थतन्त्रमा योगदान पुर्‍याउने अपेक्षा आयोजकको छ । विशेषगरी कृषि, घरेलु उद्योग र साना उद्यमका उत्पादनलाई ठूलो बजारसँग जोड्ने अवसरका रूपमा पनि एक्स्पोलाई हेरिएको छ ।

उद्योग संगठन मोरङले औद्योगिक प्रदर्शनीको सुरुवात भने २०५३ सालमा ‘कोशी महोत्सव’ बाट गरेको थियो । त्यसपछि विभिन्न नाम र स्वरूपमा आठवटा संस्करण आयोजना गरिसकेको संगठनले यसपटक नवौँ संस्करणलाई नयाँ अवधारणा र फराकिलो उद्देश्यसहित आयोजना गर्ने तयारी गरेको छ ।

यसपटकको एक्स्पोले व्यापारिक प्रदर्शनीलाई अवसर सिर्जना गर्ने व्यावसायिक इकोसिस्टममा रूपान्तरण गर्ने आयोजकको लक्ष्य छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka