Premier Cables
Premier Steel

चलचित्र

दशौँ राष्ट्रिय खेलकुद- कोशीले जित्यो स्वर्ण पदक

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर १०, २०८३  | बिहान ९:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले स्वर्ण पदक जित्दै पदक तालिकामा छैटौँ स्थान हासिल गरेको छ। कर्णाली प्रदेशमा जारी प्रतियोगिताको दोस्रो दिन बुधबारसम्म कोशीले १ स्वर्ण पदक जितेको हो।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने त्यसअघि नै सुरु भएका छन्। हालसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको टुंगो लागिसकेको छ।

विज्ञापन

पदक तालिकामा १ स्वर्ण जितेको कोशी प्रदेश छैटौँ स्थानमा छ। कोशीले अहिलेसम्म रजत र कास्य पदक जित्न सकेको छैन। समान १ स्वर्ण जितेको सुदूरपश्चिम प्रदेशले २ रजतसमेत गरी ३ पदक हात पारेपछि कोशीभन्दा अगाडि रहेको छ।

प्रतियोगिताको समग्र पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ। बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल १९ पदक जितेको छ।

त्यस्तै, एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जितेको छ।

विभागीय टोलीतर्फ नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्य गरी १८ पदक जितेको छ। नेपाल आर्मीले पनि समान १८ पदक हात पारेको छ। आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्य जितेको हो। स्वर्ण पदकको संख्याका आधारमा पुलिस आर्मीभन्दा अगाडि छ।

मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगितामा उद्घाटनअघि नै सुरु भएका खेलले पदक प्रतिस्पर्धालाई रोचक बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka