Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर १०, २०८३  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इजिप्टको राजधानी कायरोमा इन्धन बोकेको ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने गिजा प्रान्तको वर्राकस्थित रिङरोडमा इन्धन ट्यांकर दुर्घटनामा परेको थियो । ट्यांकर पल्टिएपछि लागेको आगो आसपासका सवारीसाधनमा फैलिँदा ठूलो क्षति भएको हो ।

विज्ञापन

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार आगलागीमा दुई दर्जनभन्दा बढी कार तथा मोटरसाइकल जलेका छन् । घटनालगत्तै उद्धार तथा राहतका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई नजिकका अस्पतालमा लगेर उपचार भइरहेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार सडकमा गुडिरहेको ट्यांकरमाथि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएका थिए । त्यसपछि ट्यांकर सडकको डिभाइडर पार गर्दै पल्टिएको र आगलागी भएको बताइएको छ । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे आधिकारिक अनुसन्धान जारी छ ।

घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलाउन इजिप्टको सरकारी अभियोजन कार्यालयले डीएनए परीक्षण गर्न निर्देशन दिएको छ । दुर्घटनाबारे अनुसन्धानसमेत सुरु गरिएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री मुस्तफा मदबुलीले पनि मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka