Premier Cables
Premier Steel

अन्तराष्ट्रिय अर्थ

९२ देशमाथि अमेरिकाको नयाँ भन्सार शुल्क लागू, भारतमा २५% कर

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १६, २०८२  | बिहान १०:१४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशमाथि नयाँ भन्सार शुल्क लागू गर्ने घोषणा गरेका छन्, जुन साउन २३ गतेदेखि कार्यान्वयनमा आउनेछ।

भारतमा २५ प्रतिशत, पाकिस्तानमा १९ प्रतिशत र क्यानडामा ३५ प्रतिशत भन्सार शुल्क तोकिएको छ। लाओस, म्यानमार, सिरियाजस्ता देशहरूमा भने यो शुल्क ४० प्रतिशतभन्दा बढी रहनेछ।

बिज्ञापन

यसअघि ट्रम्पले अप्रिल २ मा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर सात दिनपछि त्यो निर्णयलाई ९० दिनका लागि स्थगित गरिएको थियो। पछि उनले जुलाई ३१ सम्मको समयसीमा तोकेका थिए। यस अवधिमा अमेरिका ९० देशसँग व्यापार सम्झौता गर्ने लक्ष्यमा थियो, तर हालसम्म मात्र ७ देशसँग मात्रै सम्झौता सम्भव भएको छ।

शुल्क लागु हुनु अघि नै अमेरिका तर्फ आइरहेको सामानमा अघिल्लो नियमअनुसार नै कर लाग्नेछ, जसका लागि ५ अक्टोबर २०२५ अन्तिम म्याद तय गरिएको छ। चीनका लागि भने पूर्व निर्धारित कार्यकारी आदेश क्रम संख्या १४२९८ यथावत् लागू हुनेछ।

भारतका लागि ट्रम्पले जुलाई ३१ मा २५ प्रतिशत भन्सार शुल्क घोषणा गरेका थिए, जुन ७ अगस्टबाट लागु हुनेछ। यसअघि भारतमाथि १० प्रतिशत भन्सार शुल्क लगाइएको थियो। अमेरिका रुससँग भारतको सैन्य तथा ऊर्जा कारोबारका कारण भारतमाथि थप जरिवाना लाग्ने सम्भावना रहेको ट्रम्प प्रशासनले बताउँदै आएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले यस घोषणाको प्रभाव मूल्यांकन गरी राष्ट्रिय हितमा आवश्यक कदम चाल्ने बताएको छ।

यस नयाँ शुल्कले विशेष गरी स्टिल, एलुमिनियम, गाडी, टेक्सटाइल, इलेक्ट्रोनिक्स, र गहना उद्योगमा प्रभाव पार्ने भारतीय अधिकारीहरूले बताएका छन्।

यता, अमेरिका र युरोपेली युनियनबीच २७ जुलाईमा प्रारम्भिक व्यापार सम्झौता भएको छ, जसअनुसार ईयूबाट अमेरिका आउने अधिकांश वस्तुहरूमा १५ प्रतिशत भन्सार शुल्क लाग्नेछ। ईयूले अमेरिका बाट ७५० अर्ब डलरको ऊर्जा खरिद गर्ने र ६०० अर्ब डलरको लगानी गर्ने वाचा गरेको छ।

ब्रिटेनसँग ८ मे मा भएको सम्झौताअनुसार सामान्य रूपमा १० प्रतिशत भन्सार शुल्क लागू हुनेछ, तर स्टिल र एलुमिनियममा २५ प्रतिशत शुल्क लाग्नेछ। बदलामा, ब्रिटेनले केही अमेरिकी वस्तुहरूमा कर घटाउने बताएको छ।

जापानसँग २२ जुलाईमा भएको सम्झौताअनुसार जापानी वस्तुहरूमा १५ प्रतिशत भन्सार शुल्क मात्र लाग्नेछ, जुन पहिले २५ प्रतिशत थियो। जापानले अमेरिका भित्र ५५० अर्ब डलर लगानी गर्ने र अमेरिकी गाडी तथा चामलका लागि बजार खोल्ने वाचा गरेको छ।

त्यस्तै, दक्षिण कोरियाका सामानमा भन्सार शुल्क २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाइएको छ। यसको प्रतिक्रियामा दक्षिण कोरियाले अमेरिका बाट १०० अर्ब डलरको ऊर्जा किन्ने र ३५० अर्ब डलर लगानी गर्ने सहमति जनाएको छ।

फिलिपिन्स र इन्डोनेसियामा पनि १९ प्रतिशत र भियतनाममा २० प्रतिशत भन्सार शुल्क लगाइएको छ। इन्डोनेसियाका अधिकांश अमेरिकी वस्तुहरू भने भन्सार शुल्कबिनै प्रवेश पाउनेछन्।

ट्रम्पले अप्रिल २ मा घोषणा गरेको भन्सार योजना अब विस्तारै कार्यान्वयनको चरणमा प्रवेश गर्दैछ। यसले विश्व व्यापार सन्तुलनमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka