Premier Cables
Premier Steel

खेलकुद

यूएईसँग पहिलो टी-२०आईमा नेपाल ६ विकेटले पराजित

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख ०७, २०८३  | राती ९:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल प्रभावित भएपछि यूएईले डिएल मेथडका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य यूएईले ७ बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

बिज्ञापन

यूएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए भने अलीशान शराफूले १८ रन जोडे। नेपालका तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे।

यसअघि नेपालले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रनमा तथा सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए।

नेपालका लागि कुशल भुर्तेलले १६, अर्जुन साउदले १३, सन्दीप जोराले ६, कुशल मल्लले १७, बसिर अहमदले १४, गुल्सन झाले १, नन्दन यादवले १३ र शेर मल्लले ० रन बनाए।

बलिङतर्फ यूएईका मुहम्मद जुहेबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट लिए। साएद हैदर र मुहम्मद अरफानले समान १–१ विकेट लिए।

नेपाल र यूएईबीचको दोस्रो टी–२०आई खेल मंगलबार हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka