Premier Cables

राजनीति

मोरङ–२ को क्षेत्रीय अधिवेशन सम्पन्न, ८८२ जनाले गरे मतदान

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | राती ८:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । मंगलबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साँझ ७ बजे सम्पन्न भएको हो ।

२९ वटा वडा रहेको मोरङ–२ मा वडा सभापति र क्षेत्रीय प्रतिनिधिसहित कुल ९१२ जना मतदाता रहेका थिए । मंगलबार भएको मतदानमा ८८२ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ३० जना मतदाता मतदानमा अनुपस्थित रहे
।
क्षेत्रीय सभापति पदमा देवेन्द्र बहादुर बस्नेत, महेश्वर प्रसाद राजवंशी र यज्ञ कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ । दलित र युवा महिलातर्फका पदबाहेक अन्य पदमा मतदान भएको निर्वाचन समितिले जनाएको छ ।

विज्ञापन

मतदान सम्पन्न भएसँगै सबै पक्षसँगको समन्वयमा मंगलबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतगणनाको परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka