Premier Cables
Premier Steel

राजनीति

कांग्रेस महाधिवेशन: ४१०० मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | साँझ ६:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना जारी रहँदा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।

४ हजार १०० मत गणना हुँदा उपसभापति खुलातर्फ डा. भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार २७८ मत पाएका छन्। त्यस्तै, गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा. डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन्।

विज्ञापन

उपसभापतिको खुलातर्फ दुई पदका लागि निर्वाचन भएको हो।

त्यस्तै, उपसभापतिको समावेशीतर्फ बिनोदकुमार चौधरीले १ हजार २६ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मंसुरले ५६५ र रञ्जित कर्णले ३११ मत प्राप्त गरेका छन्। यस समूहबाट एक जना उपसभापति निर्वाचित हुनेछन्।

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले २ हजार ३९१ मत प्राप्त गर्दै फराकिलो अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार ३३३ र डा. सुनिलकुमार शर्माले १ हजार १७५ मत पाएका छन्।

त्यस्तै, अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत प्राप्त गरेका छन्। महामन्त्रीको खुलातर्फ दुई पदका लागि निर्वाचन भएको हो।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) १ हजार ८१६ मतसहित अगाडि छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ६३१ र रीता खनालले ४२० मत प्राप्त गरेकी छन्। महिला महामन्त्रीतर्फ एक पदका लागि प्रतिस्पर्धा भइरहेको छ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka