राजनीति
प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : उत्तेजक अभिव्यक्ति नदिनुस्
नोट: यो समाचार ६ महिना अघिको हो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजक भाषण नगर्न सुझाव दिएका छन् । नागरिकलाइ उत्तेजक बनाउने ढंगले अभिव्यक्ति दिन नहुने भन्दै उनले ओलीलाई संयमित हुन आग्रह गरेका हुन ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले प्रधानमन्त्रीलाइ आगामी दिनमा उत्तेजक अभिव्यक्ति नदिन भने ।
बिज्ञापन
” हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस् “, थापाले भने ।
प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए । जेठ १५ गतेका दिन राप्रापले समेत काठमाडाैमा विरोध कार्यक्रम आयोजना गरेको छ ।
Bagmati

- जेनजी सहिदलाई सुशासन योद्धाको उपाधि, जिल्ला प्रशासनमा नाम राखिने
- छैटौं कारोबार दिन पनि घट्यो सेयर बजार
- फेरि बढ्यो अन्डाको मूल्य
- रिलायन्स स्पिनिङ मिल्सको आईपिओ खुल्यो
- नख्खु जेलबाट भागेका भारतीय कैदी विराटनगरमा पक्राउ
- इन्डिगोका ४५० उडान आज पनि रद्ध
- दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा जिल्ला प्रशासन मोरङ अगाडि धर्ना
- एनपीएल-२ समूह चरण सकियो, यस्तो छ अंक तालिकाको स्थिति
- गोवा आगलागीमा चार जना नेपालीको मृत्यु भएको पुष्टि
- ‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि विराटनगरमा









