Premier Cables
Premier Steel

राष्ट्रिय

बूढीगण्डकी नदीमा बाढीको सतह खतरा तहभन्दा माथि

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बूढीगण्डकी नदीमा बाढीको सतह खतरा तहभन्दा माथि पुगेपछि त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा बाढीको जोखिम अति उच्च रहेकाले त्यहाँ बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान अनुरोध गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बस्तीमा रहेका बासिन्दालाई सुरक्षितस्थानमा सर्न र आवश्यक सुरक्षात्मक उपाय अपनाउन भनिएको छ।

विज्ञापन

त्यस्तै, त्रिशूली नदीको मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम उच्च रहेकाले स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा भने मध्यम जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्क रहन तथा नदीको बहावमा हुने परिवर्तनबारे निरन्तर जानकारी लिन अनुरोध गरिएको छ।

बाढीको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ। नदी किनारमा नजाने, जोखिमपूर्ण स्थानमा आवतजावत नगर्ने तथा सुरक्षाकर्मी र स्थानीय प्रशासनले दिएका निर्देशन पालना गर्न महाशाखाले अनुरोध गरेको छ।

बाढीको जोखिमबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न समयमै सतर्कता अपनाउन र जोखिम देखिएमा ढिलाइ नगरी सुरक्षित स्थानमा जानसमेत आग्रह गरिएको छ।
बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज हेर्न वा ११५५ ९विकल्प २०० मा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka