Premier Cables
Premier Steel

राष्ट्रिय

क्यानडाविरुद्ध रोहित पौडेलको शतक, ओडीआई करियरमा तेस्रो शतक

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | अपराह्न २:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा शतक प्रहार गरेका छन्। ओमान क्रिकेट एकेडेमीको मिनिस्ट्री टर्फ–१ मा जारी खेलमा रोहितले १२६ बलमा आफ्नो शतक पूरा गरेका हुन्।

शतक बनाउने क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरेका छन्। यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको तेस्रो शतक हो। यसअघि उनले ओडीआईमा १२ अर्धशतकसमेत बनाइसकेका छन्। उनको व्यक्तिगत उच्च स्कोर १२६ रन रहेको छ।

विज्ञापन

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहितको शतकीय पारीको मद्दतमा सम्मानजनक योगफलतर्फ अघि बढेको छ।

यो समाचार तयार पार्दासम्म नेपालले ४७ ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर २०५ रन बनाएको छ। क्यानडाविरुद्ध नेपाललाई बलियो योगफलसम्म पुर्‍याउन रोहितको पारी महत्त्वपूर्ण बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka