Premier Cables

राजनीति

डा. सुनिल शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २०, २०८३  | अपराह्न २:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदको खुलातर्फ उम्मेदवारी दर्ता गरेका छन्।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भइरहेको निर्वाचन प्रक्रियाअन्तर्गत शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन समितिका अनुसार हालसम्म खुलातर्फ महामन्त्री पदमा डा. सुनिल शर्मासहित शंकर तिवारी र नैनसिंह महरले उम्मेदवारी दर्ता गरेका छन् भने महिलातर्फ डिला संग्रौलाले उम्मेदवारी दिएकी छन्।

विज्ञापन

शर्माले यसअघि असोज १७ गते सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने र दूरदराजमा रहेका नागरिकका समस्या तथा आवश्यकतालाई राजनीतिको केन्द्रमा राख्ने आफ्नो अभियान रहेको बताएका थिए।

शर्माले आफू लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै पार्टी निर्माणसँगै देश निर्माणको अभियानमा अघि बढ्ने बताएका छन्। उनी मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।

उम्मेदवारी घोषणा गर्ने क्रममा शर्माले कांग्रेसभित्र देखिएको विवादलाई लोकतान्त्रिक पार्टीभित्र हुने स्वाभाविक मतभेदका रूपमा व्याख्या गर्दै पार्टीभित्रको विवाद समाधान गर्नु आफ्नो प्राथमिकतामध्ये एक हुने बताएका थिए।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता आज अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka