Premier Cables
Premier Steel

समाचार

बूढीगण्डकी बाढी : जोखिममा परेका ३६ जनाको नेपाली सेनाद्वारा उद्धार

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | अपराह्न २:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। बाढी प्रभावित विभिन्न क्षेत्रबाट उनीहरूको उद्धार गरिएको सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना तथा यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जनाको उद्धार गरिएको छ। त्यस्तै, पायु क्षेत्रबाट १२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

विज्ञापन

उद्धार कार्यका लागि नेपाली सेनाले चारवटा हेलिकोप्टर परिचालन गरेको छ। साथै, स्थलमार्गबाट समेत सेनाको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ।

बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी थप खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka