Premier Cables
Premier Steel

समाचार

यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | बिहान ११:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–११ लोकाहामा सोमबार बिहान बस दुर्घटना भएको हो ।

विज्ञापन

धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस बिहान ६ः४० बजे चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka