Premier Cables
Premier Steel

अर्थ

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको मेडालियन बेच्दै

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १९, २०८३  | बिहान ९:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री सुरु गर्दैछ । राष्ट्र बैंकको टक्सार महाशाखाले आज र भोलि दुई दिनसम्म यी सामग्री बिक्रीमा राख्ने जनाएको छ ।

महाशाखाका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको चाँदीको मेडालियन खरिद गर्न सक्नेछन् । दुवैमा लक्ष्मी र गणेशको चित्र अंकित गरिएको छ ।

विज्ञापन

सुनको असर्फी तथा चाँदीको मेडालियन बजारमा प्रचलित मूल्यअनुसार बिक्री गरिनेछ । इच्छुक व्यक्तिले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखामा पुगेर खरिद गर्न सक्नेछन् ।

खरिदका लागि नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा उक्त नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्ने महाशाखाले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka