Premier Cables
Premier Steel

विराटनगर

नेता भीम पराजुलीको २९औँ दण्ड प्रणाम यात्रा

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २९, २०८३  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेशसभा सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले यस वर्ष पनि छठ पर्वको अवसरमा दण्ड प्रणाम यात्रा गरेका छन् ।

हरेक वर्ष छठ पर्वमा दण्ड प्रणाम गर्दै आएका पराजुलीले यस वर्ष २०८३ मा २९औँ पटक दण्ड प्रणाम यात्रा गर्दै आएका छन् ।

विज्ञापन

आज आइतबार विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट बिहान ९ः२० बजे यात्रा शुरु गरेका हुन् । मन्दिरबाट सुरु हुने दण्ड प्रणाम यात्रा सिंघिया खोलास्थित छठघाटसम्म पुग्नेछ ।

पराजुलीले साँझसम्म दण्ड प्रणाम गर्दै छठघाट पुग्ने कार्यक्रम रहेको जानकारी गराइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka