Premier Cables
Premier Steel

कोशी प्रदेश

झापा कमलमा बालेनको सम्पर्क कार्यालय तोडफोड

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २२, २०८२  | बिहान ११:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। बुधबार राति (माघ २१) झापाको कमल गाउँपालिका–२ मा रहेको पार्टीको सम्पर्क कार्यालयमा तोडफोड भएको हो।

झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै मात्र सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको थियो।

बिज्ञापन

रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को प्रचारप्रसार, भेटघाट तथा समन्वयका लागि उक्त कार्यालय खोलिएको पार्टीले जनाएको छ।

तोडफोडका कारण कार्यालयको झ्यालका सिसा फुटेको रास्वपाका झापा जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए।

“कमल गाउँपालिकामा रहेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। झ्यालका सिसा फुटेका छन्, अन्य कुनै ठूलो क्षति भएको छैन,” उनले भने।

सम्पर्क कार्यालयमा तोडफोड कसले र किन गरेको हो भन्ने विषयमा हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa