Premier Cables
Premier Steel

राष्ट्रिय

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | बिहान ७:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। तराई–मधेससहित देशका विभिन्न स्थानमा श्रद्धालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यदेवलाई अर्घ्य दिएका हुन्।

पञ्चमी तिथिदेखि निराहार व्रत बसेका व्रतालुहरूले आइतबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए। त्यसपछि सोमबार बिहान सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म मनाइने छठ पर्व विधिवत् सम्पन्न भएको हो।

विज्ञापन

यसअघि व्रतालुहरूले चौथीका दिन स्नान गरी शुद्ध भोजन गरेर ‘नहाय–खाय’ विधिबाट पर्वको सुरुवात गरेका थिए। पञ्चमीका दिन एक छाक मात्र अलिनो भोजन गरेर ‘खरना’ विधि पूरा गरेका थिए।

छठको छैटौँ दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

पर्व सम्पन्न भएपछि व्रतालुहरू घर फर्केर दीनदुःखी तथा आश्रितहरूलाई अन्न र वस्त्र दान गर्ने परम्परा छ। त्यसपछि छठको प्रसाद ग्रहण तथा वितरण गर्ने क्रम सुरु हुन्छ।

छठ पर्वमा ठकुवा, भुसुवा, केरा, विभिन्न फलफूल तथा माटोको भाँडामा जमाइएको दहीलाई प्रसादका रूपमा चढाउने गरिन्छ। मिथिलाञ्चलमा छठको प्रसाद आफन्त, छोरीचेली तथा इष्टमित्रकहाँ पुर्‍याउने चलनसमेत रहेको छ।

सूर्यदेवको उपासनाले सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक जनविश्वास छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka