Premier Cables
Premier Steel

कोशी प्रदेश

१६७ रोपनी जग्गा कोशी सरकारलाई दिए, अब मुख्यमन्त्री कार्यालय अघि अनशनमा बस्दै

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | बिहान ११:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज स्थापना गर्ने उद्देश्यले स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको १६७ रोपनी जग्गा उपयोगविहीन बनेको भन्दै स्थानीयले आमरण अनशन सुरु गर्ने भएका छन् ।

अस्पताल तथा मेडिकल कलेज स्थापनाका लागि जग्गा उपलब्ध गराए पनि सरकारले अहिलेसम्म निर्माण तथा स्थापनाको काम अघि नबढाएको स्थानीयको गुनासो छ । यस विषयमा पटकपटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।

विज्ञापन

सरकारले जग्गा ओगटेर राखे पनि आयोजना अघि नबढाएको भन्दै स्थानीय बासिन्दाले दबाबस्वरूप आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।

स्थानीयले सोमबार (कात्तिक ३०) दिउँसो २ः४५ बजेदेखि विराटनगरस्थित कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनशन सुरु गर्ने जनाएका छन् ।

आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउन अनशन बस्न लागेको भन्दै उनीहरूले सञ्चारकर्मीलाई उपस्थित भएर समाचार सम्प्रेषणमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रादेशिक अस्पताल तथा मेडिकल कलेज स्थापना भए ओखलढुंगा र आसपासका जिल्लाका बासिन्दाले स्वास्थ्य सेवा पाउनुका साथै चिकित्सा शिक्षाको अवसरसमेत प्राप्त गर्ने स्थानीयको अपेक्षा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka