Premier Cables

राष्ट्रिय

वर्षाका कारण पोखरा, भैरहवा र सिमरातर्फका उडान रोकिए

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | बिहान ११:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । निरन्तर भइरहेको वर्षाका कारण काठमाडौंबाट पोखरा, भैरहवा र सिमरातर्फ हुने आन्तरिक उडान प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार वर्षाका कारण यी तीन विमानस्थलतर्फका उडान रोकिएका हुन्। यद्यपि, काठमाडौंबाट अन्य गन्तव्यका लागि हुने आन्तरिक उडान भने नियमित रूपमा सञ्चालन भइरहेका छन्।

विज्ञापन

विमानस्थलको हटलाइनबाट प्राप्त जानकारीअनुसार पोखरा, भैरहवा र सिमराको उडान प्रभावित भए पनि अन्य विमानस्थलतर्फको उडानमा हालसम्म कुनै अवरोध आएको छैन।

अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए।

‘अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म कुनै प्रभाव परेको छैन,’ उनले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka