Premier Cables
Premier Steel

राजनीति विराटनगर

आज देशभर कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २२, २०८३  | बिहान ९:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

आज देशभर कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदैछ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन भोलि बिहान कुकुरको पूजा गरिनेछ भने साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिनेछ।

विज्ञापन

कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा मान्दै माला लगाइदिने, टीका लगाउने र मीठा खानेकुरा खुवाउने परम्परा रहेको छ।

त्यसैगरी साँझ घरआँगन सफासुग्घर गरी रंगोली बनाउने, दीप प्रज्वलन गर्ने र धनकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ।

लक्ष्मी पूजाका अवसरमा घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरू झिलिमिली बत्तीले सजाइने गरिन्छ।

यस पर्वले सुख, समृद्धि र धनधान्य वृद्धि हुने धार्मिक विश्वास रहेको छ। यसै अवसरमा देउसीभैलो खेल्ने परम्परासमेत रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka