Premier Cables
Premier Steel

राष्ट्रिय विराटनगर

आज देशभर भाइटीका मनाइँदै

टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

वृजेश पंडित Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २५, २०८३  | बिहान ८:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

विज्ञापन

आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, मखमली तथा सयपत्री फूलको माला लगाइदिने परम्परा रहेको छ।

त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने चलन रहेको छ।

धार्मिक मान्यताअनुसार भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

यसैसँगै पाँच दिनसम्म मनाइने यमपञ्चक अर्थात् तिहार पर्व आज समापन हुँदैछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka