विराटनगर । छठ पर्वको अवसरमा विराटनगरमा ३५१ जना श्रद्धालुलाई निःशुल्क पूजा सामग्री वितरण गरिने भएको छ ।
आर्थिक रूपमा कमजोर तथा अन्य श्रद्धालुलाई छठ पर्व मनाउन सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगर–९ स्थित पुरानो गुद्रीमा सामग्री वितरण कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ । सो अवसरमा छठ पूजाका लागि आवश्यक सामग्री श्रद्धालुहरूलाई वितरण गरिनेछ ।
कार्यक्रम सञ्चालनका लागि स्थानीय व्यवसायी, समाजसेवी तथा विभिन्न दाताहरूले आर्थिक तथा अन्य सहयोग गरेका छन् । सहयोग गर्नेहरूमा रामप्रवेश साह एन्ड सन्स, रामनरेश साह एन्ड सन्स, नागेन्द्र ट्रेडर्स, शंकर फुट सेन्टर, श्री बालाजी एडभरटाइजिङ, अशोक अग्रवाल, शिव सुन्दर ज्वेलर्स, कमल अटो पार्ट्स र पारदर्शी बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
त्यस्तै, राहुल रस्का गुप्ता, राजकुमार साह, देवराज बिल्डर्स, डा. रतन जैन, विजय अटो वर्क्स र ज्योति मरिकले पनि कार्यक्रमका लागि सहयोग गरेका छन् ।
सामूहिक सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमबाट छठ पर्व मनाउने श्रद्धालुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
