काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबारका दिन सार्वजनिक बिदा दिने जनाएको हो ।
विज्ञापन
यसअघि छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिइसकिएको छ । छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सोमबार पनि सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ ।
यससँगै छठ पर्वको अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।