Premier Cables

राष्ट्रिय

चीनबाट आएको बाढीले कति गर्यो क्षति ? विवरण संकलन हुँदै

Calendar बिहिबार, असार २६, २०८२  | बिहान ७:५१ बजे

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिमा चीनतर्फबाट आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम जारी छ ।

बाढीले रसुवाबाट चीनतर्फ जोडिने सबै सडक मार्ग क्षतविक्षत पारेको छ । रसुवाको स्याफ्रुवेसीदेखि चीनको सीमा नाका टिमुरेतर्फ जाने सडक भोटेकोशीको कटानमा परेको छ ।

बिज्ञापन

रसुवाको स्याफ्रुबेसीसम्म केही सवारी साधन जेनतेन गइरहेका छन् । तर कच्ची सडकमा पहिरोको जोखिम कायमै छ । मंगलबारको बाढीले केरूङ र टिमुरेतिर जाने अधिकांश सडकलाई भोटेकोशीले आधाभन्दा बढी बगाएको छ । सडकमा कतै धाँजा फाटेका छन् भने कतै पैदल हिँड्न पनि कठिन हुने अवस्था छ ।

बाढीमा बेपत्ता १९ जनाको खोजी गर्न ६ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । पैदलयात्रुको सुरक्षाका लागि पनि सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरी खटिएका छन् ।

पैदलयात्रीलाई सहयोग गर्ने क्रममा सशस्त्र प्रहरी बलका सहायक हवल्दार घाइते भएका छन् । रसुवागढीको सुक्खा बन्दरगाहा क्षेत्रमा राखिएका सवारी साधन बगाएको दृष्य स्थानीयले देखेका थिए ।‌

स्याफ्रुबेसीदेखि टिमुरेतर्फ जाने सडक अवरूद्ध भएपछि उद्धारमा खटिने सुरक्षाकर्मी पनि पैदलै जान वाध्य छन् । प्रमुख जिल्ला अधिकारी अजुर्न पौडेल आफैं चार घण्टा पैदल यात्रा गरेर घटनास्थल पुगेका थियो । टिमुरेतर्फ बाटोमा न बिजुली छ न त सञ्चारसम्पर्क नै छ ।

रसुवाको बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतीको तथ्यांक आउन बाँकी छ । योसँगै चीन जोडिने सिन्धुपाल्चोकतर्फको सडक राम्रोसँग नचल्दै रसुवातर्फको नाका पनि पूर्णरूपमा अवरूद्ध हुँदा स्थानीय र व्यापारिक वातावरण नै खलबलिएको छ । त्यसैले केरुङको मितेरी पुल र सडक पनि तत्काल पुनर्निर्माणको पहल थाल्न आवश्यक छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027