Premier Cables
Premier Steel

राष्ट्रिय

बूढीगण्डकीको बाढीले बगायो सोतीको मोटरेबल पुल, बजार क्षेत्र डुबानमा

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | बिहान ९:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको सोतीमा रहेको मोटरेबल पुल बगाएको छ। बाढीका कारण सोती बजार क्षेत्रसमेत डुबानमा परेको छ भने नदी आसपासका बस्तीमा जोखिम बढेको छ।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार सोतीमा रहेको मोटरेबल पुल बाढीले बगाइसकेको छ। सोती बजार क्षेत्र डुबानमा परे पनि त्यहाँका घरहरू भने बगिनसकेको उनले जानकारी दिएका छन्।

विज्ञापन

उनका अनुसार नदीको बहाव बढ्दा जगत र बगर आसपासका क्षेत्रमा घरसमेत बगाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै बिहानैदेखि सुरक्षा सतर्कता अपनाइएको र उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।

बाढी आरुघाट क्षेत्र पार गरिसकेको जानकारी दिँदै अध्यक्ष गुरुङले जोखिममा रहेका मानिसहरू आरुघाटमाथिको आरुटार क्षेत्रमा गएको बताएका छन्।

यसैबीच, निम्लुङ खोलामा ठूलो पहिरो खसेर नदी थुनिने र पुनः खुल्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको उनले बताए। नदी थुनिने र एक्कासि खुल्ने अवस्थाले थप बाढीको जोखिम निम्त्याउन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आवश्यक देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka