Premier Cables
Premier Steel

राजनीति

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | अपराह्न ३:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हितलाई ध्यानमा राखेर सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यमा आधारित पत्रकारिताले समाजलाई बलियो बनाउन सहयोग गर्ने बताए।

बिज्ञापन

उनले बिमा कम्पनीले बीमितलाई सहज र सरल रूपमा बिमा रकम उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए। प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानमार्फत पत्रकारको हकहितका लागि हुने काममा बजेटको कमी हुन नदिने उनको भनाइ थियो।

आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले पत्रकार तथा अन्य व्यवसायीलाई आफ्नो पेशामा टिकाइराख्न बिमा कम्पनीको पनि महत्वपूर्ण भूमिका हुने बताए।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता जोखिमपूर्ण पेशा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट पत्रकारलाई सहयोग पुग्ने बताए। प्रदेश सरकारले १ हजार २०० पत्रकारको एक वर्षको दुर्घटना बिमाको खर्च बेहोरेको जानकारी दिँदै उनले आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिन सकिने बताए।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका व्यवस्थापक निरञ्जन आचार्य र कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारको हकहित तथा दुर्घटना बिमा कार्यक्रमको प्रभावकारिताबारे धारणा राखेका थिए।

प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशअन्तर्गतका पत्रकारका लागि एक वर्षको दुर्घटना बिमा गरेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka