Premier Cables

राजनीति

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | बिहान ११:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ। शुक्रबार (असोज २३) बिहान ८ः३० देखि १०ः३० बजेसम्म विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार कोसी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र वाग्मती प्रदेशबाट २१७ मत खसेको छ। मतदान प्रक्रिया निर्बाध रूपमा जारी रहेको जनाइएको छ।

विज्ञापन

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयन गर्न प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्।

निर्वाचन आचारसंहिताअनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निषेधित सामग्री लैजान पाइने छैन। प्रतिनिधिले तोकिएको प्रक्रिया पूरा गरेर मतदान गर्नुपर्नेछ।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्। मतदान सकिएपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने र मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने निर्वाचन समितिले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka