Premier Cables

कोशी प्रदेश विराटनगर

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २२, २०८३  | अपराह्न १२:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयको कामसमेत हेर्ने जिम्मेवारी दिएको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार उक्त निर्णय गरिएको हो।

विज्ञापन

त्यस्तै, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ को दफा ४७ र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७९ को नियम १११ अनुसार गठित मिनाह सिफारिस समितिको निर्णयअनुसार कोशी प्रदेशसभा सचिवालयका जेन्जी आन्दोलनका क्रममा नष्ट भएका अचल सम्पत्तिको मिनाह गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी विधेयकको तर्जुमा सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ। साथै, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायमा आर्थिक वर्ष २०८३/८३ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मन्त्री शेर्पाले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka