Premier Cables
Premier Steel

अपराध

२१ किलो सुन बरामद, केही व्यक्ति पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | बिहान १०:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट उक्त परिमाणको सुन बरामद गरेको हो।

सुन बरामद गर्ने क्रममा प्रहरीले केही व्यक्तिलाई समेत पक्राउ गरेको छ। यद्यपि, पक्राउ परेका व्यक्तिहरूको पहिचान र संलग्नताबारे प्रहरीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

विज्ञापन

प्रहरी स्रोतका अनुसार घटनाबारे थप विवरण भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

बरामद सुनको स्रोत, यसको ओसारपसारमा संलग्न व्यक्तिहरू तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत सुन बरामद भएको घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka