Premier Cables
Premier Steel

कोशी प्रदेश स्वास्थ्य

कोशी मोबाइल अस्पताल सञ्चालनको अन्तिम तयारीमा प्रदेश सरकार

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०१, २०८२  | अपराह्न २:५९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सरकारद्वारा स्थापना गर्न लागिएको कोशी मोबाइल अस्पताल अन्तिम तयारीमा पुगेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताएका छन्।

मनमोहन प्राविधिक विश्वविद्यालयको पाँचौं सभामा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँगको समझदारीअनुसार मोबाइल अस्पताल सञ्चालनको प्रक्रिया अघि बढेको जानकारी दिए।

बिज्ञापन

उनका अनुसार, घुम्ती सवारीसाधनमा आवश्यक चिकित्सा उपकरण र जनशक्तिसहित प्रदेशका विभिन्न जिल्लामा पुगेर नागरिकहरूको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणपछि गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा रेफर गरिने व्यवस्था रहनेछ।

मुख्यमन्त्री कार्कीले घुम्ती स्वास्थ्य सेवा सुरुमा तराईका जिल्लामा परीक्षणस्वरूप सञ्चालन गरिने र आवश्यकताअनुसार पहाडी जिल्लामा समेत विस्तार गरिने योजना प्रदेश सरकारको रहेको बताए।

त्यस्तै, धनकुटा अस्पताललाई १०० श्ययाको बनाउने र त्यहाँ बीपी प्रतिष्ठानका चिकित्सकलाई साप्ताहिक तथा आवासीय रूपमा राखी सेवा दिने समझदारी समेत भएको उनले स्पष्ट पारे। “प्रदेश सरकारले चिकित्सक बस्न आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनेछ,” उनले भने।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धानमुखी कार्यमा अझ सक्रिय बन्न सुझाव दिँदै, आगामी वर्षदेखि सोझै बजेट पठाउने व्यवस्था मिलाइने जानकारी पनि गराए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka