Premier Cables

कोशी प्रदेश

ओलीको शर्त स्वीकार्दै कोशीको मुख्यमन्त्रीमा कार्की नै निरन्तर

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | बिहान ८:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीचको छलफलपछि प्रदेश सरकारको नेतृत्व विवाद तत्कालका लागि सुल्झिएको छ।

अध्यक्ष ओलीको शर्त मान्दै मुख्यमन्त्री कार्कीले ओलीले चाहेका बेला पद छाड्न तयार भएपछि कार्कीकै नेतृत्वको सरकारले निरन्तरता पाउने सहमति भएको हो।

विज्ञापन

ओली निवास गुण्डुमा बुधबार भएको भेटवार्तामा ओलीले चाहेको जुनसुकै समयमा मार्गप्रशस्त गर्ने प्रतिबद्धता कार्कीले जनाएका छन्। एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार तत्कालका लागि कार्कीकै नेतृत्वमा सरकार अघि बढ्ने तर अध्यक्षले पद छाड्न निर्देशन दिएका दिन उनी पछि हट्ने सहमति भएको छ।

यसअघि संविधानको धारा १६८ (५) अनुसार गठित सरकार भएकाले व्यक्तिको आदेशमा नभई पार्टीको संस्थागत निर्णयबाट मात्रै राजीनामा दिने अडान कार्कीले राख्दै आएका थिए। तर, बुधबारको दोस्रो चरणको छलफलपछि उनी आफ्नो पूर्वअडानबाट पछि हटेका हुन्।

एमालेभित्र तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारीस्वरूप दबाब बढाए पनि कार्कीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि दुवै पक्षबीच मध्यमार्गी सहमति कायम भएको हो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka