Premier Cables

कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीद्वारा गणतन्त्र दिवसको शुभकामना, विकास र सुशासनमा जोड

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | बिहान ९:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका हिक्मत कुमार कार्कीले गणतन्त्र दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष गर्ने राजनीतिक नेतृत्व, नागरिक समाज तथा जनसमुदायप्रति सम्मान व्यक्त गर्नुभयो।

विज्ञापन

शुभकामना सन्देशमा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रले देशलाई लोकतान्त्रिक अभ्यास, नागरिक स्वतन्त्रता र समावेशी शासन प्रणालीतर्फ अगाडि बढाएको उल्लेख गरिएको छ। साथै, २०६२/६३ सालको जनआन्दोलन र ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको स्मरण गरिएको छ।

मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रपछि देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार विस्तार तथा सामाजिक न्यायका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले सुशासन, रोजगारी सिर्जना, उत्पादन वृद्धि र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि राष्ट्रिय एकता, पारदर्शिता, उत्तरदायित्व र जनमुखी शासन आवश्यक रहेको उल्लेख गर्दै गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka