Premier Cables
Premier Steel

राष्ट्रिय

छानबिन समितिको प्रतिवेदन: सुनसरी र सिरहा घटनामा सुरक्षाकर्मीकै गोलीबाट मृत्यु

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | साँझ ७:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका झडप तथा प्रदर्शनबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित दुई अलग–अलग समितिले आफ्नो प्रतिवेदन बुझाएका छन्। दुवै समितिको छानबिनबाट सुरक्षाकर्मीले चलाएको गोली लागेर नै चारै जनाको मृत्यु भएको निष्कर्ष निकालिएको छ।

साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबिच भएको विवाद र झडप नियन्त्रणमा लिने क्रममा प्रहरी र सशस्त्र प्रहरीले चलाएको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो।

बिज्ञापन

सो घटनाको विरोधमा साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १८ वर्षीय गणेश यादवको ज्यान गएको थियो। सरकारले मृतक चारै जनालाई सहिद घोषणा गरिसकेको छ।
घटना र छानबिनका मुख्य निष्कर्षहरू:
कप्तानगञ्ज घटना (सुनसरी): गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा नेतृत्वको समितिले गरेको छानबिनअनुसार देवानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी कुल २० राउण्ड गोली चलेको पाइएको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र सशस्त्र प्रहरीको टोलीले चलाएको गोलीबाट ३ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

गोलबजार घटना (सिरहा): सहसचिव पुष्पराज शाही नेतृत्वको समितिअनुसार गोलबजारमा सशस्त्र प्रहरीबाट गोली चलेको छैन। इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीको पेस्तोलबाट २ राउण्ड र ७ राउण्ड डमी गोली चलेको र इन्स्पेक्टर केसीकै पेस्तोलको गोली लागेर गणेश यादवको मृत्यु भएको पुष्टि भएको छ।

बाहिरी हतियार प्रयोगको दाबी असत्य: झडपका क्रममा प्रदर्शनकारी वा बाहिरी समूहबाट गोली चलाइएको भन्ने अफवाह र लहानमा प्रहरी सहायक हवल्दार नारद परियारलाई गोली लागेको भन्ने दाबी छानबिनबाट पुष्टि हुन सकेन। सुरक्षाकर्मी बाहेक अन्य पक्षबाट हतियार प्रयोग नभएको प्रतिवेदनले स्पष्ट पारेको छ।

कारबाहीको सिफारिस: छानबिन समितिले सुरक्षा व्यवस्थापनमा गम्भीर त्रुटि र लापरबाही गर्ने सम्बन्धित सुरक्षा अधिकृतहरूलाई कारबाही गर्न सिफारिस गरेको छ। साथै, प्रतिवेदनमा घटनाको सामाजिक, धार्मिक र सुरक्षात्मक विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू समेत सुझाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka