Premier Cables
Premier Steel

राजनीति

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति अन्त्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | बिहान ९:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार जनताको चाहनाअनुसार काम गर्न प्रतिबद्ध रहेको भन्दै आम नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्षौंदेखि विद्यार्थी र कर्मचारीतन्त्रमा दलगत हस्तक्षेपले प्रणाली कमजोर बनेको बताएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार धेरै संगठनहरूले विद्यार्थी र कर्मचारीको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’का रूपमा काम गर्दा योग्यता र क्षमताभन्दा पहुँच र दलगत झुकावलाई प्राथमिकता दिइएको छ। यसले राज्य प्रणालीप्रति जनविश्वास घटाएको उनको भनाइ छ।

बिज्ञापन

उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त गर्ने निर्णय आवश्यक रहेको उल्लेख गर्दै अब शिक्षण संस्थामा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गरिने स्पष्ट पारे। यसबाट अधिकार खोसिने नभई पेशागत स्वतन्त्रता थप सुदृढ हुने उनको विश्वास छ।

प्रधानमन्त्रीले नियुक्ति, सरुवा र बढुवामा अब दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाइने बताए। विद्यार्थीले राजनीति सिक्दा सभ्य, जिम्मेवार र विचारयुक्त तरिकाले सिक्नुपर्ने तथा कर्मचारीले कुनै दल होइन, जनताको सेवा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले यो कदम कुनै पार्टीविरुद्ध नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको उल्लेख गरे। जनताको चाहनाअनुसार अध्यादेशमार्फत यस्ता विकृतिहरू हटाइएको भन्दै उनले सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले परिवर्तन भाषणले नभई ठोस निर्णयले आउने उल्लेख गर्दै सरकारले गर्ने हरेक काम आम नेपालीको हितमा हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka