Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका लागि निम्तो दिएको जानकारी दिएका छन्।

मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री शाहले उक्त निम्तो स्वीकार गरिसकेको बताएका हुन्।

बिज्ञापन

खनालका अनुसार मोदीले चैत १३ मा प्रधानमन्त्री पद सम्हालेपछि बधाई सन्देशमार्फत नै भ्रमणको निमन्त्रणा दिएका थिए। उनले दुई देशबीच उच्चस्तरीय भ्रमण र द्विपक्षीय परियोजनालाई प्राथमिकताका साथ अघि बढाइने पनि उल्लेख गरे।

यसैबीच, परराष्ट्रमन्त्री खनालले सरकारले आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको बताए। साथै, नेपाललाई ‘कम विकसित देश’बाट ‘मध्यम आय भएको देश’मा स्तरोन्नति गर्ने दीर्घकालीन योजना रहेको पनि उनले स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa