Premier Cables

राष्ट्रिय

ओलीप्रति बालेनको कटाक्ष: ‘साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्’

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | बिहान ५:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडाैं । जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कठोर शब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।

आन्दोलनका क्रममा भएको घटनापछि मध्यराति आफ्नो फेसबुक स्टाटसमा मेयर साहले ओलीको आलोचनासहित लेखेका छन्।

विज्ञापन

‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्,’ उनले लेखेका छन् ।

साहले आफ्नो फेसबुक स्टाटसमा ह्यासट्याग #kpoliisterrorist पनि प्रयोग गरेका छन्। बालेनले आइतबारदेखि नै जेन-जीको आन्दोलनलाई समर्थन गर्ने घोषणा गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka